Logo

उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन हुने


काठमाडौं । पहिलो चरणमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारले आज नाम फिर्ता लिन पाउने भएका छन् ।

दावी विरोधको प्रक्रिया सकिएकाले नाम फिर्ता लिन चाहने उम्मेदवारले आज विहान १० देखि १ बजेसम्ममा आफ्नो नामावली फिर्ता लिन सक्ने आयोगले जनाएको छ । उम्मेदवारको मनोनयनपत्र र प्राप्त उजुरीको छानविन गरी प्रारम्भिक चरणको नामावली प्रकाशन गरेको निर्वाचन आयोगले आज अन्तिम नामावली प्रकाशन गर्दैछ ।

गत आइतबार मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध उजुरी दिन आयोगले सोमवार १० देखि ५ बजेसम्मको समय छुट्याएको थियो । आज नै दिउँसो १ बजेदेखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी ३ बजेदेखि ६ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह उपलब्ध गराउने आयोगले जनाएको छ ।

पहिलो चरणमा आगामी मंसिर १० गते ३२ जिल्लाको ३७ क्षेत्रमा प्रदेश र प्रतिनिधि सभाको निर्वाचन हुँदैछ । निर्वाचन आयोगकाअनुसार प्रतिनिधि सभाको ३७ सिटका लागि तीन सय २० र प्रदेश सभाको ७४ सिटका लागि ४ सय ८२ जनाको उम्मेदवारी परेको छ ।

प्रतिक्रिया दिनुहोस्