Logo

विद्यासुन्दरले भोट माग्दा हारिने डरले एमालेले ‘भूमिगत’ बनायो


काठमाडौं । स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा एमाले उम्मेदवार विद्यासुन्दर शाक्य भारी मतले विजयी भए । भारी मतका साथ मेयर बनेका शाक्य प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेको प्रचार अभियानमा कहीँ कतै देखिएका छैनन् । एक ढंगले भन्नुपर्दा आमनिर्वाचनको महाअभियानमा काठमाडौं महानगरका मेयर शाक्य भूमिगत जस्तै बनेका छन् । एमालेले काठमाडौंमा निर्वाचन परिचालनका लागि मेयर शाक्यको अगुवाइमा गठित कमिटी गठन गरेको थियो ।

निर्वाचन परिचालन कमिटी तथा मिडिया डेस्क गठन कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको साथमा आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका उम्मेदवारहरू कृष्णगोपाल श्रेष्ठ, रामवीर मानन्धर, डा.अजयक्रान्ति शाक्यलगायत एमाले निकट पत्रकारहरूको संगठन प्रेस चौतारीका कार्यकर्ता रहेका छन् ।

उनी यस्तो आम निर्वाचनमा पनि कान्तिपथमा स्थापना भएको मिडिया डेस्कको कार्यालयमा पुगेर दिन बिताउने गरेका छन् । नेकपा एमालेको चुनावी रणनीतिअनुसार नै मेयर शाक्यलाई चुनावी अभियानमा जनतासमक्ष प्रचारप्रसारमा जान नदिएको हो । एक सय दिनमा एक सय एक काम गर्ने लिखित प्रतिबद्धताका गरेका मेयर शाक्यले कुनै काम गर्न नसकेपछि अहिले महानगरपालिकाका मतदाता समक्ष मेयरलाई देखाउन नसक्ने निष्कर्षसहित उनलाई पार्टीको नीतिअनुसार भूमिगत बनाइएको हो । चुनावका बेलामा धुलो, धुवाँ, जाम, खाल्डाखुल्डीमुक्त महानगर बनाउनेलगायतका एक सय एक काम गर्ने प्रतिबद्धता जनाएका थिए । तर चुनावपछि जनप्रतिनिधिलाई मोबाइल सेट बाँड्नदेखि एक करोड २० लाखको गाडी चढ्नेसम्मका निर्णयका कारण महानगरमा बदनाम भएका छन् ।

छिमेकी जिल्ला ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले गरेको कामका कारण ललितपुरमा चर्चित बनेका छन् तर काठमाडौंका मेयर शाक्यले भने बदनामी कामभन्दा अरू केही नगरेका कारण मतदाता रुष्ट हुने भएकाले एमालेले निर्णय नै गरेर उनलाई चुनावभरि भूमिगत राख्ने निर्णय गरेको एमाले स्रोतले जनाएको छ । अझ मेयर शाक्यले काठमाडौंलाई बाहिरबाट आएका मान्छेले बिगारेको आरोप लगाएका कारणसमेत काठमाडौं बाहिरबाट आएका मतदाता उनीसँग रुष्ट छन् । त्यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले १५ दिनभित्र खाल्डा पुर्न दिएको निर्देशनमा पनि उनको सहयोग भएन । उनले सार्वजनिक कार्यक्रममै खर्च जोगाउन खाल्डा नपुर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्