Logo

डा शेखरलाई सर्मथन गर्दै बामगठबन्धन परित्याग


बिराटनगर। मधेशको मुद्धा समाधान गर्न असफल भएको भन्दै संघीय समाजवादी फोरम नेपाल , माओवादी केन्द्र र एमालेका २ सय कार्यकर्ताले पार्टी परित्याग गरि कांग्रेसमा प्रवेश गरेका छन । मोरङ क्षेत्र न ६ को विभिन्न चुनावी सभाहरुमा उनीहरु पार्टी प्रवेश गरेका हुन । वुधवार र विहिवार आयोजित चुनावी सभामा वडा न ६ बाट ५० जना र १२ मा १ सय ५० कार्यकर्ताले कांग्रेस प्रवेश गरेका छन । नव प्रवेशीहरुलाई मोरङ क्षेत्र न ६ का प्रतिनिधि सभाका उम्मेदवार डा शेखर कोइरालाले फुल÷माला र अविर लगाएर स्वागत गरे ।

मोरङ ६ मा प्रतिनिधि सभाको लागी कांग्रेसका उम्मेदवार डा कोइराला चुनावी स्पर्धामा उत्रिएपछि पार्टी परित्याग गर्नेहरुको संख्या उल्लेखनिय बढदै गएको छ । माओवादी केन्द्रवाट कांग्रेस प्रवेश गरेका विराटनगर ६ का वडा सदस्य सन्तोष साहले एमाले मधेश विरोधी पार्टी रहेको र माओवादी केन्द्रले मधेश विरोधी पार्टीसँग कार्यगत एकता गरेकै कारण आफूले पार्टी परित्याग गरेको बताए । मधेश आन्दोलनका वेला एमालेका उम्मेदवार लालवावु पण्डितले मधेशी भारतबाट आयातित रहेको प्रतिक्रिया दिएका थिए । उनको त्यो अभिव्यक्तीको चौतर्फी विरोध भैरहेको छ । मोरङ ६ मधेशी , आदीवासी , जनजातीको बाहुल्य क्षेत्र मानिन्छ । यहाँको कुल मतदाता संख्या मध्ये ६० प्रतिसत आदीवासीहरुको प्रभावमा छ ।

सकुम्वासी आयोग मोरङको अध्यक्ष रहदा एमाले उम्मेदवार लालवावुले सुकुम्वासीहरुलाई नक्कली जग्गाधनी पूर्जा वितरण गरेर झुक्याएपछि त्यसको मधेशी समूदायवाटै विरोध हुन थालेको छ । राष्ट्रिय राजनीतिमा प्रभाव राख्ने कोइरालालाई अत्याधिक मतले विजयी गराउन पनि पार्टी परित्याग गर्नेको संख्या बढदै गएको विराटनगर १२ कांग्रेसका वुथ सभापति हरिनारायण यादवले बताए । दुइ साता अघि विराटनगर वडा न ११ र १२ का ६ सय कार्यकर्ता कांग्रेसमा प्रवेश गरिसकेका छन । पहिलो र दोस्रो संविद्यान सभाको निर्वाचनमा कांग्रेस यो क्षेत्रबाट विजयी भएको थियो ।

डा कोइराला लगातार २ पटक यस क्षेत्रबाटै निर्वाचत भएका थिए । स्थानीय निर्वाचनमा एमाले भन्दा १७ सय मतको अग्रतामा कांग्रेस रहेको छ ।यस क्षेत्रमा कांग्रेस प्रवेशले डा कोइरालाको स्थितिलाई अझै वलियो बनाएको छ । डा कोइरालाले आगामी ५ बर्षभित्रमा सवै फुसको छानालाई टिनको छानोमा परिणत गर्ने , स्वास्थ्य , शिक्षा , शुद्ध खानेपानी र मोरङ ६ का सवै सडक कालोपत्रे बनाउने जस्ता लोकप्रिय कार्यक्रम लिएर चुनावी स्पर्धामा उत्रिएका छन ।

प्रतिक्रिया दिनुहोस्