Logo

मध्यान्हसम्म ५० प्रतिशत मत खस्यो मनाङमा


मनाङ । हिमालपारिको जिल्ला मनाङमा मध्यान्ह १२ बजेसम्ममा ५० प्रतिशत मतदान भएको छ । मध्यान्हसम्ममा २६ सय ४९ मत खसिसकेको मूख्य निर्वाचन अधिकृतको कार्यालय मनाङले जनाएको छ ।

मनाङमा ५८८१ जना मतदाता रहेका छन् । मतदानका क्रममा कांग्रेस नेता टेकबहादुर गुरुङ र स्वतन्त्र उम्मेदवार दीपक मनाङ्गेले नार फू बाट मतदान गरेका छन् ।

बिहान मौसम चिसो भएपछि मतदान केन्द्रमा मतदाता आएका थिएनन् । तर दिन तात्दै गएपछि मतदाता उत्साहित हुँदै मतदानमा सहभागी भइरहेका छन् । अबको केही घन्टामै यहाँ मतदान भइसक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्