हुम्लामा कांग्रेसको अग्रता, तेस्रोमा बामगठबन्धन
प्रकाशित मिति : 8 December, 2017
प्रकाशित मिति : 8 December, 2017

काठमाडौं । हुम्लामा नेपाली कांग्रेसले अग्रता लिएको छ । स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामालाई ४ सय भन्दा बढी मतले पछि पार्दै कांग्रेसका मङगलबहादुर शाहीले प्रतिनिधिसभामा अग्रता लिएका हुन ।
शाहीले ६ हजार ६ सय ६५ मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार लामाले ६ हजार २ सय ५१ मत ल्याएका छन् । लामा बाम गठबन्धनका बागी उम्मेदवार हुन । बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादीका छिमी दोर्ची लामाले २ हजार १ सय १८ मत ल्याएका छन् ।
प्रतिक्रिया दिनुहोस्