Logo

गोरखा १ मा वाम र २ मा लोकतान्त्रिक गठबन्धनले लिड गर्दै


गोरखा । गोरखा १ मा प्रतिनिधिसभा र प्रदेशसभामा वाम गठबन्धन र २ मा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार अग्रभागमा देखिएका छन् ।

गोरखा १ मा प्रतिनिधिसभामा माओवादी केन्द्रका नेता हरिराज अधिकारी ४ हजार ९३४ मतका साथ अगाडी रहेका छन भने कांग्रेसका उम्मेदवार चीनकाजी श्रेष्ठ ४ हजार ४७२ मत पाएका छने । १० हजार ८७४ मत गनिएको छ ।

गोरखा १ प्रदेशसभा ‘क’ मा माओवादी केन्द्रका नेता लेखबहादुर थापा ३ हजार ८२९ मत ल्याएका छन भने कांग्रेसका नेता धीरन थापाले २ हजार ५०७ मत ल्याएका छन् । अहिलेसम्म छ हजार ६८३ मत गणना गरिएको छ ।

प्रदेशसभा क्षेत्र ‘ख’ मा नेकपा एमालेका नेता रामशरण बस्नेत ३ हजार ७९२ मत ल्याएका छन भने कांग्रेस नेता राजेन्द्र बजगाइँले २ हजार ४२६ मत ल्याएका छन् । अहिलेसम्म ६ हजार ५५० मत गणना भएको छ ।

प्रतिनिधिसभा क्षेत्र नं २ मा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले ७ हजार ५२० मत ल्याएका छन् भने माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले ६ हजार ३०४ मत ल्याएका छन् । १४ हजार ७ सय ७१ मत गरिएको छ ।

गोरखा २ ‘क’ प्रदेशमा माओवादीकी कमला नहर्की ४ हजार ३७५ मत ल्याएकी छिन् भने नयाँ शक्तिका नेता हरिशरण आचार्य ४ हजार ७४० मत ल्याएका छन् ।

गोरखा २ ख प्रदेशसभामा कांग्रेसका प्रकाशचन्द्र दवाडी ४ हजार२७६ मत ल्याएका छन् । माओवादीका अमर तमु ३ हजार ४३३ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्