काठमाडौँ ।
हिमाल दोलखा हाइड्रोपावर कम्पनीले २२ जेठदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको ७५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो । अर्थात् कम्पनीले हाल कायम १ कित्ता सेयर बराबर नयाँ ०.७५ कित्ता सेयर निष्कासन गर्न लागेको हो ।
यसअनुसार कम्पनीले १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँअंकित मूल्यका १ करोड २० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले २७ वैशाखमा बुक क्लोज गरेको थियो ।
यसअनुसार २६ वैशाखसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयरमा १० असारसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड हाे ।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ६० करोड रुपैयाँ छ । हकप्रद निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ८० करोड रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया