काठमाडाैँ ।
सरकारले सन् २०२३ मा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या १० लाख पुर्याउने योजना बनाएकाे छ ।
सोमबार संसद् बैठकमा आउँदो वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्ताे बताएका हुन् ।
आन्तरिक पर्यटन प्रवर्द्धन गर्न ‘नेपाल घुमौँ, नेपाल चिनौँ’ भन्ने नारासहित अभियान सञ्चालन गरिने उनले बताए ।
स्थानीय जात्रा, संस्कृति, पर्व तथा पर्यटकीय गन्तव्य प्रचारप्रसार गरिने उनकाे भनाइ छ ।
प्रतिक्रिया