‘६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य पूरा हुँदैन’

‘६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य पूरा हुँदैन’


sf7df8f}F !& r}tM ;~rf/dGqL vltj8f ;~rf/ tyf ;”rgf k|ljlw Pjd cy{dGqL 8f o’j/fh vltj8f cGt/jftf{sf qmddf /f;;sdL{;Fu s’/f ub}{ . tl:a/ Mk|bLk/fh jGt÷/f;;

काठमाडौँ । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले बजेटमार्फत आगामी आर्थिक वर्षमा लिएको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य पूरा हुन नसक्ने बताएका छन् ।

बुधबार नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको ‘पोष्ट–बजेट डिस्कसन’ कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री डा. खतिवडाले यस्तो बताएका हुन् ।

उनले बजेटमा सरकारले लिएको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य आन्तरिक स्रोतका कारण पुग्न नसक्ने जिकिर गरे । उनले सरकारको आन्तरिक स्रोत नै कमजोर रहेको बताए । उनले १५ औं योजनाको अन्तिम भएकाले सरकारले ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य वैदेशिक लगानीमा सरकार लामो बोलेको अनुसार लगानी आए पुग्ने सम्भावना रहेको पनि उल्लेख गरे ।

पूर्व अर्थमन्त्री खतिवडा बैंकिङ क्षेत्रको निक्षेप र सरकारको वचतले समेत नपुग्ने भएकाले ६ प्रतिशत आर्थिक वृद्धि हुन नसक्ने भनाइ राखे । उनले नेपालको जिडिपीको ६ प्रतिशत मात्रै वचत रहेको भन्दै नेपालमा वचत प्रणाली कमजोर रहेको बताए । उनले सरकारले साधारण खर्च कटौतीको सुरुवात गर्नु राम्रो भएको जिकिर गरे ।

अर्थमन्त्रीले खर्च कटौती तलबाट नभएर राष्ट्रपति कार्यालयबाट सुरुवात गर्न आवश्यक रहेको उनले बताए ।