स्याङ्जाका कुन पालिकालाई कति बजेट ?

स्याङ्जाका कुन पालिकालाई कति बजेट ?

११ स्थानीय तहलाई ४ अर्ब ६३ करोड रुपैयाँ


स्याङ्जा ।

आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि स्याङ्जाका ११ स्थानीय तहलाई ४ अर्ब ६३ करोड ७८ लाख रुपैयाँ विनियोजन गरिएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै जिल्लाका ११ स्थानीय तहलाई ४ अर्ब ६३ करोड ७८ लाख रुपैयाँ विनियोजन गरेका हुन् ।

विनियोजित रकममध्ये जिल्लाका ५ नगरपालिकालाई २ अर्ब ७५ करोड ४ लाख र ६ गाउँपालिकातर्फ १ अर्ब ८८ करोड ७४ लाख रुपैयाँ छ । नगरपालिकामा सबैभन्दा बढी पुतलीबजारलाई ७२ करोड २८ लाख छ भने कम भीरकोट नगरलाई ४० करोड २२ लाख विनियोजन गरिएको छ ।

पुतलीबजार नगरपालिकालाई ७२ करोड २८ लाख विनियोजन गरिएको छ । सो बजेटमध्ये समानीकरण अनुदानमा १३ करोड ८० लख, ससर्त अनुदानतर्फ ५६ करोड ३८ लाख, विशेष अनुदानमा ७० लाख र समपूरक अनुदानमा १ करोड ४० लाख छ ।

वालिङ नगरपालिकालाई समानीकरण अनुदानमा १४ करोड ९६ लाख, ससर्त अनुदानअन्तर्गत ४१ करोड ४४ लाख, विशेष अनुदानतर्फ १ करोड ५० लाख र समपूरक अनुदान ३ करोड गरी कुल ६० करोड ९० लाख विनियोजन गरिएको छ ।

गल्याङ नगरपालिकालाई ५२ करोड ८५ लाख विनियोजन गरिएको छ । उक्त रकममध्ये समानीकरण अनुदानमा १२ करोड २८ लाख, ससर्त अनुदानतर्फ ३८ करोड ७ लाख, विशेष अनुदानमा १ करोड ५० लाख र समपूरक अनुदानमा १ करोड रुपैयाँ छ ।

चापाकोट नगरपालिकालाई समानीकरण अनुदानमा ९ करोड ९९ लाख, ससर्त अनुदान अन्तर्गत ३२ करोड ४५ लाख, विशेष अनुदान ३ करोड र समपूरक अनुदानमा ३ करोड ३५ लाख गरी जम्मा ४८ करोड ७९ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

भीरकोट नगरपालिकालाई समानीकरण अनुदानमा १० करोड ११ लाख, ससर्त अनुदानअन्तर्गत २७ करोड ६६ लाख, विशेष अनुदानतर्फ १ करोड ८५ लाख र समपूरक अनुदानमा ६० लाख गरी कुल ४० करोड २२ लाख विनियोजन भएको छ ।

त्यसैगरी, आँधीखोला गाउँपालिकालाई समानीकरण अनुदानतर्फ ८ करोड ३८ लाख, ससर्त अनुदानमा २४ करोड ६९ लाख, विशेष अनुदानमा १ करोड १५ लाख र समपूरक अनुदानमा १ करोड ६५ लाख गरी कुल ३५ करोड ८७ लाख विनियोजन गरिएको छ ।

कालीगण्डकी गाउँपालिकालाई ३५ करोड ३६ लाख विनियोजन गरिएको छ । कुल बजेटमध्ये समानीकरण अनुदानमा ९ करोड ६५ लाख, ससर्त अनुदानतर्फ २१ करोड ७१ लाख, विशेष अनुदानमा १ करोड ५० लाख र समपूरक अनुदान २ करोड ५० लाख छ ।

बिरुवा गाउँपालिकालाई समानीकरण अनुदानमा ८ करोड ५३ लाख, ससर्त अनुदानतर्फ २१ करोड ८५ लाख, विशेष अनुदानमा १ करोड ८० लाख र समपूरक अनुदानमा ५० लाख गरी कुल ३२ करोड ६८ लाख विनियोजन गरिएको छ ।

अर्जुनचौपारी गाउँपालिकालाई २८ करोड ९४ लाख विनियोजन गरिएको छ । बजेटमध्ये समानीकरण अनुदानमा ८ करोड १२ लाख, ससर्त अनुदानमा १९ करोड २२ लाख, विशेष अनुदानतर्फ ८० लाख, समपूरक अनुदानमा ८० लाख बजेट छ ।

हरिनाश गाउँपालिकालाई २८ करोड ९० लाख विनियोजन गरिएको छ । उक्त रकममध्ये समानीकरण अनुदानमा ८ करोड ३० लाख, ससर्त अनुदानतर्फ १७ करोड ९५ लाख, विशेष अनुदानमा ९० लाख र समपूरक अनुदानमा १ करोड ७५ लाख रुपैयाँ छ ।

त्यस्तै, फेदीखोला गाउँपालिकालाई समानीकरण अनुदानमा ७ करोड ४४ लाख, ससर्त अनुदानमा १६ करोड ६० लाख, विशेष अनुदानतर्फ १ करोड ६५ लाख र समपूरक अनुदान १ करोड ३० लाख गरी कुल २६ करोड ९९ लाख विनियोजन गरिएको छ ।

विनियोजित कुल बजेटमा समानीकरण अनुदानतर्फ १ अर्ब ११ करोड ५६ लाख, ससर्त अनुदानमा ३ अर्ब १८ करोड २ लाख, विशेष अनुदानमा १६ करोड ३५ लाख र समपूरक अनुदानतर्फ १७ करोड ८५ लाख बजेट विनियोजन गरिएको छ ।

गत आर्थिक वर्ष ४ अर्ब ६६ करोड २४ लाख रुपैयाँ विनियोजन गरिएको स्याङ्जाका ११ पालिकालाई २ करोड ४६ लाख कम अर्थात् ४ अर्ब ६३ करोड ७८ लाख रुपैयाँ विनियोजन गरिएको छ । पुतलीबजार र भीरकोट नगरपालिका तथा आँधीखोला गाउँपालिकालाई गत वर्षको तुलनामा बढी र अन्य पालिकालाई कम बजेट विनियोजन गरिएको छ ।