कुमारी बैंकको १ लाख ४६ हजार कित्ता संस्थापक सेयर लिलामी खुल्यो

कुमारी बैंकको १ लाख ४६ हजार कित्ता संस्थापक सेयर लिलामी खुल्यो


काठमाडौँ ।

कुमारी बैंकले आज (जेठ २६ गते) देखि १ लाख ४६ हजार २८३ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ ।

यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम ११० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य सिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ ।

लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा जेठ ३२ गतेसम्म आवेदन दिन मिल्नेछ ।

कुमारी क्यापिटल, नागपोखरी काठमाडौँमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।