स्वावलम्बन लघुवित्तले संस्थापक सेयर बिक्री गर्ने

स्वावलम्बन लघुवित्तले संस्थापक सेयर बिक्री गर्ने


काठमाडौ।

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले ९३६ सय कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक शेयरधनी ज्ञानेन्द्र प्रसाद पाण्डेको नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीले बिक्री गर्न लागेको सो संस्थापक सेयरको न्युनतम मूल्य प्रतिकिता ७ सय रुपैयाँ निर्धारण गरेको छ ।

उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र संस्थाको केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौंमा आवेदन दिन सक्नेछन् ।