सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?


काठमाडौ ।

आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार प्रतितोला ७ सय रुपैयाँ घटेको सुनको मूल्य यस दिन प्रतितोला चार सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख १० हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार छ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रतितोला एक लाख नौ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार प्रतितोला १३ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १३ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रुपैयाँ बढेको हो।