बुधबारसम्ममा सामुदायिक लघुवित्तको लाभांश सुरक्षित गर्न सकिने

बुधबारसम्ममा सामुदायिक लघुवित्तको लाभांश सुरक्षित गर्न सकिने


काठमाडौ।

सामुदायिक लघुवित्तको १५ प्रतिशत लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम दिन हो । असार २२ गते वार्षिक साधारण सभा बोलाएको कम्पनीले बिहीबार बुक क्लोज गर्दै छ । तसर्थ,बुधबारसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांस र सभामा सहभागि हुन पाउनेछन् ।

कम्पनीको सभा धुलीखेल लज रिसोर्ट, नयाँगाउँमार्ग काभ्रेपलान्चोकमा बिहान ११ बजे देखि सुरु हुनेछ । सभामा गत वर्षको नाफाबाट १०% बोनस सेयर र करसहित ५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हुनेछ ।

अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसनमा जानु परेका सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिइने भएको छ । सभा मार्फत संस्थापक समूहको सेयरधनीको तर्फबाट ४ जना र सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना सञ्चालकहरुको नियुक्ति अनुमोदन पनि गरिने छ ।