सुनको मूल्य ताेलामा ६०० रुपैयाँले घट्यो

सुनको मूल्य ताेलामा ६०० रुपैयाँले घट्यो


काठमाडौ।

बिहीबार सुनको भाउ प्रतितोला ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा बिहीबार सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले घटेको हो ।

बुधबार छापावाल सुनको भाउ प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भएकोमा आज घटेर १ लाख ९ हजार ४ सय रुपैयाँमा झरेको छ ।

त्यस्तै, यसअघि प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँ रहेको तेजावी सुनको भाउ आज १ लाख ८ हजार ९ सय रुपैयाँ कायम भएको छ

यता, चाँदीको भाउ पनि प्रतितोला पाँच रुपैयाँले घटेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँ रहेको चाँदीलाई आज १ हजार ३ सय ७० रुपैयाँ कायम भएको छ ।