ज्योति विकास बैंकको सेयर लिलामी भर्ने आज अन्तिम दिन, कतिसम्म भर्न पाइन्छ ?

ज्योति विकास बैंकको सेयर लिलामी भर्ने आज अन्तिम दिन, कतिसम्म भर्न पाइन्छ ?


काठमाडौँ

ज्योति विकास बैंकको १ लाख ६८ हजार ४९६ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज (असार १७ गते) अन्तिम दिन हो ।

आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।

यसमा न्यूनतम १२६ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य सिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

यसमा बिक्री प्रबन्धक एनआइबिएल क्यापिटल, लाजिम्पाट काठमाडौँमा पुग्ने गरी आवेदन बुझाउनु पर्नेछ ।