सहकारी पीडितको समस्या समाधान गर्न गगन थापाकाे माग

सहकारी पीडितको समस्या समाधान गर्न गगन थापाकाे माग


काठमाडाैँ ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी पीडितको समस्या समाधान गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको शून्य समयमा बाेल्दै उनले बचतकर्ताको रकम फिर्ता गराउन सरकारले विशेष चासो दिनुपर्नेमा जोड दिए ।
सांसद थापाले भने, ‘केही दिनअघिसम्म हामी सांसदका घरमा सहकारी पीडितहरूको रुवावासी चल्थ्यो, घरघरमा रुवाबासी गेरर भएन भनेर उनीहरू अहिले मण्डलामा आएर सुनाउन लागिरहेका छन् । उनीहरूको आवाज राज्यले सुन्नैपर्छ । किनकि उनीहरूको जे अवस्था भएको छ, यसको जिम्मेवार केही हदसम्म्म राज्य पनि हो ।’
सांसद अच्युतप्रसाद मैनालीले भने, ‘अहिले मानो रोपेर मुरी फलाउने समय हो । तर अहिले इतिहासमै नभएको सुख्खायाम छ । जमिनको सतहभन्दा धेरै तल पानी पुगेको छ, सिँचाइका लागि मात्र होइन, पिउने पानी पनि पाउन समस्या छ ।’ उनले सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना तदारूकताका साथ निर्माण गर्नुपर्नेमा जोड दिए ।
सांसदहरू अजयकुमार चौरसिया, अमरबहादुर थापा, अर्जुननरसिंह केसी, आस्माकुमारी चौधरी, असीम शाह, ईश्वरबहादुर रिजाल, अनिशा नेपाली, अशोककुमार चौधरी, ईश्वरी घर्ती, उर्मिला माझी, कालुराम राई, किरणकुमार शाह, कृष्णकुमार श्रेष्ठ, गणेश पराजुली, गीता बस्नेत, गोमा सापकोटा, गंगा कार्की, चित्रबहादुर केसीलगायतले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए ।