नागढुंगा सुरुङमार्ग : आगामी १ वर्षमा कुद्नेछन् गाडी

नागढुंगा सुरुङमार्ग : आगामी १ वर्षमा कुद्नेछन् गाडी


oftfoftdGqL k|sfz Hjfnf sf7df8f}F, @ ;fpg M ef}lts k”jf{wf/ tyf oftfoftdGqL k|sfz Hjfnf ;f]daf/ gfu9’Ëf ;’?dfu{df eO/x]sf] sfdaf/]df wflbªsf] l;:g]/Ldf lg/LIf0f ub}{ . tl:a/ M xl//fd e]6’jfn÷/f;;

काठमाडाैँ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहित उच्च अधिकारीसहितको टोलीले (नागढुंगा–सिस्नेखोला) सुरुङमार्गको अनुगमन गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईँ, सांसद राजेन्द्रप्रसाद पाण्डे, पूर्वमन्त्री डा. गंगालाल तुलाधर, सडक विभाग र विश्व बैंकका उच्च अधिकारीको टोलीले निर्माणको अन्तिम चरणमा रहेको सुरुङमार्गको स्थलगत निरीक्षण गरेकाे हाे ।

निरीक्षणका क्रममा मन्त्री ज्वालाले थपिएको समय सीमाभित्र काम सक्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन् । निर्माण प्रक्रियामा कुनै व्यावहारिक जटिलता उत्पन्न भए सरकारले सहजीकरण गरिदिने उनले बताए । मन्त्री ज्वालाले सुरुङमार्गमा भएको प्रगति र अवस्थाबारे जानकारी लिएका छन् ।

सुरुङमार्गको मुख्य टनेल करिब ४०० मिटर र रेस्क्यु टनेल करिब ३५ मिटर खन्न बाँकी रहेको सुरुङमार्ग निर्माण कम्पनी स्वच्छन्द निर्माण सेवाका प्रमुख इन्जिनियर नारायण दुवाडीले जानकारी दिए ।

अबको केही महिनामा रेस्क्यु टनेल जोडिसक्ने र छिट्टै मुख्य टनेल जोड्ने तयारी छ । आउँदो १ वर्षभित्रमा गाडी चलाउन मिल्ने बनाउने गरी काम तीव्र रूपमा अघि बढाइएको उनले बताए ।

२०७६ कात्तिकमा सुरुङमार्गको शिलान्यास गरिएको थियो । यसको लम्बाइ २.६८ किलोमिटर छ । यहाँ ९ मिटर चौडाइको मुख्य टनेल र चा४ मिटर चौडाइको रेस्क्यु टनेल गरी २ सुरुङ निर्माण भइरहेका छन् ।

कोरोना महामारीलगायत कारणले काममा ढिलाइ हुँदा सुरुङमार्गको निर्माण अवधि १४ महिना थपिएको हो । थपिएको समयअनुसार २०८१ सालको असोजसम्ममा सम्पूर्ण काम सकेर सुरुङमार्गमा सवारी सञ्चालन ल्याउन सकिनेछ ।