काे हुन् १ क्विन्टल सुन ल्याउने कम्पनीका सञ्चालक ?

काे हुन् १ क्विन्टल सुन ल्याउने कम्पनीका सञ्चालक ?


काठमाडाैँ ।

यतिबेला त्रिभुवन विमानस्थलव्बायाट  करिब १ क्विन्टल सुन कसरी जाँचपास भएर बाहरियाे भन्ने चर्चा  व्यापक छ । यसका लागि भन्सार विभागले छानबिन समितिसमेत बनाइसकेकाे छ ।

सुन कसरी विमानस्थबाट बाहिरियाे भन्दा पनि सुन ल्याउने मुख्य नाइके काे हुन् भन्ने चासाे बढी छ ।

बाइककाे ब्रेक सुमा फिट गरेर सुन ल्याइएकाे पाइएकाे छ । त्याे ब्रेक सु ल्याउने कम्पनीका सञ्चालक भने राजस्व अनुसन्धान विभागले पत्ता लगाएकाे छ । विभागका प्रवक्ता नवराज अधिकारीका अनुसार ब्रेक सुको आयातकर्ता रेडी ट्रेड्स प्रालि हाे भने साे कम्पनीका सञ्चालक २१ वर्षीय दिलीप भुजेल हुन् ।

दोलखाको मेलुङ गाउँपालिका-३ का दिलीपलाई प्रहरीले पक्राउ गरिसकेकाे छ । उनीसँगै मेलुङ-३ कै ५३ वर्षीय रामकुमार भुजेल पनि पक्राउ परिसकेका छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेकाे छ । सुनकाे ताैल नाप्नका लागि राजस्व अनुसन्धान विभागले बबरमहलस्थित राष्ट्र बैंकको टक्सार महाशाखामा पठाएको छ ।