बरामद भएकाे सुन ब्रेक सुसहित जाेख्दा १५५ केजी

बरामद भएकाे सुन ब्रेक सुसहित जाेख्दा १५५ केजी


काठमाडाैँ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट बरामद भएको सुन जडित ब्रेक सुकाे ताैल १५५ केजी भएकाे छ ।

राष्ट्र बैंककाे टक्सार महाशाखाले ब्रेक सुसहित जोख्दा १५५ केजी भएको राजस्व अनुसन्धान विभागले जनाएकाे छ । बरामद भएको सुन नाँपजाँच गर्नका लागि टक्सार महाशाखा ल्याइएको थियो ।

त्यसमा बेरिएको कपडा, कार्टुन, ब्रेक सु निकालेर जोख्ने तयारी गरिएकाे छ ।

पोकाभित्र रहेको वास्तविक सुन कति हो भन्ने थाहा पाउन राजस्व अनुसन्धान विभागले राष्ट्र बैंकलाई लेखी पठाउनुपर्ने हुन्छ ।

बुधबार विमानस्थल भन्सार जाँचपास भएर ट्याक्सीमा लाँदै गरेको अवस्थामा बरामद गरेर विभागले नेपाल राष्ट्र बैंक पठाएको थियो।