५० वर्षीय विकको वर्ष दिनदेखि ओडारमा बास, नगरपालिकाले गर्‍याे उद्धार

५० वर्षीय विकको वर्ष दिनदेखि ओडारमा बास, नगरपालिकाले गर्‍याे उद्धार


cf]9f/af6 p2f/ DofUbL, !) ;fpgM DofUbLsf] a]gL gu/kflnsf–& s’l/nfvs{sf] cf]9f/df ljut Ps jif{b]lv a:b} cfPsf %) jifL{o /fx’n lasnfO{ a’waf/ p4f/ u/]/ afun’Ësf] dfgj ;]jf cf>ddf k9fpFb} pkk|d’v Hof]tL nfld5fg] / gu/ k|x/L . tl:a/M ;Gtf]if uf}td÷/f;;

म्याग्दी ।

बेनी नगरपालिका–७ मा पर्ने कुरीलाखर्कको ओडारमा बस्दै आएका राहुल विकलाई उद्धार गरिएको छ ।

बेनी–अर्थुङ्गे सडकको छेउमा रहेको ओडारमा बस्दै आएका बेनी नगरपालिका–५ भिरमुनिका ५० वर्षीय विकलाई उद्धार गरिएको हो ।

बेनी नगरपालिकाको उपप्रमुख ज्योति लामिछानेले विकलाई ओडारबाट उद्धार गरेर मानव सेवा आश्रमको बागलुङ शाखामा लगिएको जानकारी दिइन् ।

नगरपालिकाले घरका सदस्य नभएका र सामाजिक बहिष्करणमा परेका उनलाई पुनस्र्थापना नहुँदासम्म मानव सेवा आश्रममा राखेर उपचार गर्ने व्यवस्था मिलाएको हो

शारीरिक कमजोरीका कारण श्रम गर्न नसक्ने र मागेर ल्याएको खानेकुरा पकाएर खाने गरेका राहुललाई नगर उपप्रमुख लामिछाने र नगरप्रहरीको टोलीले उद्धार गरेको थियो । छोराहरुको मृत्यु, श्रीमतीले दोस्रो विवाह गरेको र आफन्तले हेला गरेपछि ओडारमा बस्न बाध्य थिए उनी ।

उनले कन्दमूल खोज्ने र मागेर ल्याएको अन्नबाट दैनिकी चलाउने गरेका थिए ।

सो ओडार बेनीबजारदेखि करिब १ किलोमिटर नजिकको दूरीमा छ । सडकको कान्लामाथिको सानो ओडारमा फाटेका कपडा ओछ्याएर सुत्ने गरेका राहुलको शरीर चिसोले सुन्निएको छ । काम गर्न नसक्ने भएकाले कसैले दिएको तथा मागेर भेटेको आफैँले पकाएर खाने गरेका कुरिलाखर्कका सुरेश ढुंगानाले बताए ।

राहुल बस्दै आएको ओडारमा दिउँसोमा घाम लागे पनि रातमा चिसो हावा र पानीको बाछिटा सिधै छिर्छ । मागेर जुटाएको खाद्यान्न बाँदरबाट जोगाउनै हम्मे पर्ने राहुललाई रातमा चितुवाको डर थियो ।