बागमती प्रदेश : सार्वजनिक यातायातको भाडा २.३ प्रतिशतले घटाउने

बागमती प्रदेश : सार्वजनिक यातायातको भाडा २.३ प्रतिशतले घटाउने


काठमाडौं । 

बागमती प्रदेशले आज (विहीबार) देखि सार्वजनिक यातायातको भाडा घटाउने भएको छ ।

गत जेठ ११ मा भाडा समायोजन गरेको प्रदेशले पुनः भाडादर घटाउन लागेको हो ।

नेपाल आयल निगम साउन १ गतेबाट इन्धनको मुल्यमा स्वचालित प्रणालीमा गएसँगै प्रदेश सरकारले भाडा घटाउन लागेको श्रम ,रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशका सूचना अधिकारी खगेन्द्र पौडेलले जानकारी दिए ।

उनका अनुसार बागमती प्रदेशमा चल्ने सवारी साधनमा २.३ प्रतिशत भाडा घट्नेछ । यस्तै मालबहाक सवारी साधनमा ३.१८ प्रतिशत भाडा घट्नेछ । सीटी बसमा भने ३.२६ प्रतिशतले भाडा घट्ने उनको भनाई छ ।

काठमाडौं उपत्यकामा पहिले सात किलोमिटरसम्म चढ्ने वित्तिकै १९ रुपियाँ तिर्नुपर्दथ्यो । अव १८ रुपियाँ तिर्नुपर्ने छ । काठमाडौँ उपत्यकामा पाँच देखि १० किलोमिटरसम्म चढ्ने वित्तिकै २५ रुपियाँ तिर्नुपर्दथ्यो भने अब २४ रुपियाँ मात्र तिर्नुपनेछ ।

ट्याक्सिको भाडा भने यथावत नै रहने उनको भनाइ छ ।