२ अर्बकाे ऋणपत्र ल्याउँदै नेपाल एसबिआई

२ अर्बकाे ऋणपत्र ल्याउँदै नेपाल एसबिआई


काठमाडौँ ।

नेपाल एसबिआई बैंकले साउन १८ गतेदेखि २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ ।

एसबिआईले १० वर्ष अवधिको ‘९ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०८९’ जारी गर्न लागेको हो । बैंकले प्रतिएकाइ १ हजार रुपैयाँ दरमा २० लाख एकाइ ऋणपत्र जारी गर्न लागेको हो । यसमध्ये १२ लाख एकाइ बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ ।

बाँकी ८ लाख एकाइ सर्वसाधारणका लागि खुला हुनेछ । योमध्ये सामूहिक लगानी कोषलाई ५ प्रतिशत अर्थात् ४० हजार एकाइ ऋणपत्र छुट्याएको छ ।  यसमा वार्षिक ९ प्रतिशत ब्याज दिने बैंकले जानकारी दिएको छ । बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ ।

यस ऋणपत्रमा साउन २२ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने साउन ३२ गतेसम्म खुला रहनेछ ।

न्यूनतम २५ एकाइदेखि अधिकतम ८ लाख एकाइसम्म आवेदन दिन सकिनेछ । यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।