९ सयले ओरालो लाग्यो सुनको भाउ

९ सयले ओरालो लाग्यो सुनको भाउ


काठमाडौं ।

नेपाली बजारमा शुक्रबार सुनको भाउ ओरालो लागेको छ ।

बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ तोलामा ९ सयले घटेको हो ।

शुक्रबार १ लाख १३ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला १ लाख १२ हजार ६ सयमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजावी सुन १ लाख १२ हजार ५० रुपैयाँमा कारोबार हुने छ ।

आज चाँदीको भाउ पनि ओरालो लागेको छ । हिजो १ हजार ४९० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा ४० रुपैयाँले घटेर १ हजार ४५० रुपैयाँ कायम भएको छ ।