जानकी फाइनान्सकाे साधारणसभा भाेलि, सेयरधनीलाई रित्ताे हात

जानकी फाइनान्सकाे साधारणसभा भाेलि, सेयरधनीलाई रित्ताे हात


काठमाडौँ ।

जानकी फाइनान्सको २६औँ साधारणसभा भाेलि शनिबार बस्दै छ ।

फाइनान्सले यो वर्ष लगानीकर्ताको हात रित्तो बनाउने भएको छ । साधारणसभामा लाभांश वितरणसम्बन्धी एजेन्डा छैन ।

कम्पनीले गत वर्ष भने १५ प्रतिनिधि बोनस सेयर र कर तिर्न ०.७९ प्रतिनिधि लाभांश वितरण गरेको थियो । साधारणसभामा अन्य कुनै कम्पनीसँग मर्जर वा एक्विजिसनमा जानुपरेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पेस गर्दै छ ।

सभामा कम्पनीको आर्थिक वर्ष २०७८–७९ को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

जनकपुरधाममा बिहान ११ बजे सुरु हुने साधारणसभा प्रयोजनका लागि जानकीले साउन २ गतेदेखि १३ गतेसम्म बुक क्लोज गरेको छ ।

१ साउनसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।