महानगरले भन्याे- ‘राप्रपाकाे कार्यालय भवन अवैध’, खाली गर्न ३ दिनकाे म्याद

महानगरले भन्याे- ‘राप्रपाकाे कार्यालय भवन अवैध’, खाली गर्न ३ दिनकाे म्याद


काठमाडौँ ।

काठमाडौँ महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यालय भवन खाली गर्न आदेश दिएकाे छ ।

धुम्बाराहीमा रहेकाे पार्टीकाे केन्द्रीय कार्यालय भवन साेमबारसम्म खाली गर्न भन्दै महानगरका कर्मचारीले माइकिङ गरेका थिए ।

महानगरले प्रसारण लाइनमुनि रहेका सबै घरहरू हटाउन लागेको र त्यसमा राप्रपाको केन्द्रीय कार्यालय पनि परेकोले हटाउन माइकिङ गरेको बताएको छ ।

राप्रपा कार्यालय स्राेतका अनुसार खाली गर्न भनिए पनि कारण भने खुलाइएकाे छैन । राप्रपाले कारणसहितकाे लिखित पत्र माग गरेकाे छ ।

साे भवन हाइटेन्सन लाइनमुनि पर्छ । करिब १० रोपनी क्षेत्रफलमा रहेको २ तल्ले घरमा २०६९ सालदेखि राप्रपाकाे कार्यालय छ ।

नक्सापास नभएकै कारण याे घर राप्रपाका नाममा पास भएकाे छैन । कल्याण राजभण्डारी र प्रज्ञा चापागाईंको नाममा रहेकाे घर राप्रपालाई दिइएकाे थियाे । तर पास हुन नसक्दा उनीहरूकै नाममा कायम छ ।