कामना सेवाकाे ५७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

कामना सेवाकाे ५७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा


काठमाडौँ ।

कामना सेवा विकास बैंकको ५७ हजारभन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ।

बैंककी संस्थापक सेयरधनी इल्या भट्टराई दीक्षितको नाममा रहेको ५७ हजार २५ कित्ता सेयर बिक्रीमा राखिएको हो। यो सेयरमा विद्यमान संस्थापक सेयरधनीहरूले खरिद आवेदन दिन सक्नेछन्।

यो सेयर खरिदका लागि ३५ दिने म्याद राखिएको छ। इच्छुक संस्थापक सेयरधनीहरूले तोकिएको अवधिभित्र आफूले खरिद गर्न चाहेको सेयर संख्या र मूल्य खुलाई काठमाडाैँको ज्ञानेश्वरस्थित बैंकको केन्द्रीय कार्यालयमा सम्पर्क गर्न सक्नेछन्।

तोकिएको म्यादभित्र संस्थापक सेयरधनीहरूबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ।