भ्रष्टाचारका फाइल खुलिरहने छन्, यो राजनीतिक स्टन्ट होइन : प्रधानमन्त्री प्रचण्ड

भ्रष्टाचारका फाइल खुलिरहने छन्, यो राजनीतिक स्टन्ट होइन : प्रधानमन्त्री प्रचण्ड


sf7df8f}F,!$ ;fpg M dfwj ;/ k’:ts nf]sfk{0f sfo{qmd k|wfgdGqL k’iksdn bfxfn …k|r08Ú k|1f ejg sdnfbLdf cfOtaf/ :j dfwjk|;fb d/x§fsf] ;Demgfdf n]lvPsf] …dfwj ;/Ú k’:ts nf]sfk{0f sfo{qmdnfO{ ;Daf]wg ug'{x’Fb} . tl:a/M k|bLk/fh jGt÷/f;;

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार, बेथिती र तस्करीविरुद्ध सरकारले चालेको अभियान आवेग र राजनीतिक स्टन्ट नभएको बताएका छन् ।

समाजवादी मोर्चामा आबद्ध घटकका विद्यार्थी सङ्गठनको मोर्चा घोषणासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने, “राज्यको सम्पत्ति व्यक्तिले दोहन गर्नेविरुद्ध अभियान थालिएको छ । तस्करीविरुद्ध जेहाद छेडिएको छ । यो कदम रोकिनेवाला छैन । अझै अगाडि बढ्छ । यो लडाइँ जित्नैपर्छ । यो आवेग र राजनीतिक स्टन्टको कुरा पनि होइन । नेपाली जनताको हितका लागि गरिएको हो ।”

भ्रष्टाचारका अरु धेरै फाइल खुल्ने प्रधानमन्त्री दाहालले बताए । एक्लै प्रधानमन्त्री र सरकारले जित्ने लडाईं नभएकाले त्यसमा जनताको साथ र समर्थन जरुरी रहेको उनले स्पष्ट पारे । प्रधानमन्त्री दाहालले भने, “यसमा समाजवादी मोर्चाको समर्थन चाहिएको छ । हेर्दै जानुहोला अरु फाइल खुल्दै जानेछन् । त्यतिबेला तपाईंहरुको समर्थन चाहिन्छ । एक्लै प्रधानमन्त्री र सरकारले जित्ने लडाइँ होइन, जनस्तरको समर्थन पाएर हामी यो ब्याटल जित्ने छौँ ।”

अहिलेका अभियान बेपत्ता, घाइते र अपांगको सपना साकार गर्ने लडाईंका रुपमा उनले चित्रण गरे ।