धितोपत्र बोर्डको नीति तथा कार्यक्रम : के के छन् विकासात्मक कार्यक्रम ? (पूर्णपाठ)

धितोपत्र बोर्डको नीति तथा कार्यक्रम : के के छन् विकासात्मक कार्यक्रम ? (पूर्णपाठ)


काठमाडौं ।

नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

बोर्डले आज आइतबार आफनो वेवसाईृटमार्फत नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

बोर्डले यस अघिका वर्षमा औपचारिक कार्यक्रम गरेर नीति कार्यक्रम सर्वजनिक गर्ने गरेको भए पनि यस पटक पनि औपचारिक कार्यक्रम नगरी नीति कार्यक्रम सार्वजनिक गरेको हो ।

शुक्रबार गर्ने भनिएको कार्यक्रम आज सार्वजनिक गरेको हो ।

बोर्डले विकासात्मक कार्यक्रम अन्तर्गत नीतिगत तथा कानुनी व्यवस्था तथा सुधार, बजार नियमन तथा सुपरिवेक्षण सम्बन्धी सूचना प्रविधि प्रणालीको विकास तथा जोखिम व्यवस्थापन,नियमन तथा सुपरिवेक्षण सुदृढीकरण र संस्थागत विकास तथा पहुँच अभिबृद्धि, बजार पारदर्शिता अभिबृद्धि तथा परिपालना अभ्यासमा सुधार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समन्वय तथा सम्बन्ध विकास अध्ययन तथा अनुसन्धान र व्यवसायिकता, लगानीकर्ता शिक्षा तथा सचेतना अभिबृद्धि जस्ता कार्यक्रम समावेस गरेको छ भने नियमित कार्यक्रम तर्फ धितोपत्र दर्ता तथा निष्काशन, व्यवसायी सेवा सञ्चालन अनुमति तथा विनियमावली स्वीकृति, बजार नियमन तथा सुपरिवेक्षण, अनुसन्धान तथा तहकिकात र कानुन प्रवलीकरण, विज्ञ तथा नीति निर्माताहरूसंग अर्न्तक्रिया, नीति तथा कार्यक्रम तयारी तथा प्रगति समिक्षा र गुनासो समाधान जस्ता कार्यक्रम समावेस गरेको छ ।