हरेक वर्ष आम्दानी बढाउँदै धनगढी, सबैभन्दा बढी ठेक्काबाट

हरेक वर्ष आम्दानी बढाउँदै धनगढी, सबैभन्दा बढी ठेक्काबाट


कैलाली ।

कैलालीकाे धनगढी उपमहानगरपालिकाले आफ्नाे आन्तरिक आम्दानीमा वृद्धि गरेकाे छ । आर्थिक वर्ष २०७९/८० मा अघिल्ला वर्षकाे तुलनामा आन्तरिक आम्दानीमा वृद्धि उपमहानगरपालिकाले जनाएकाे छ ।

धनगढीले गत वर्ष विभिन्न २३ वटा शीर्षकमा २७ करोड ८६ लाख २२ हजार ५९६ रुपैयाँ आम्दानी गरेको छ ।

उपमहानगरपालिकाले गत वर्ष सबैभन्दा बढी ठेक्काबाट ५ करोड ७२ लाख ९६ हजार ८३५ तथा नक्सा पास दस्तुरबाट २ करोड ८९ लाख ७५ हजार २४९ रुपैयाँ संकलन गर्न सफल भएकाे जनाएकाे छ ।

यस्तै, सम्पति करबाट ४ करोड ८ लाख २५ हजार २३७ रुपैयाँ, भूमि करबाट ९७ हजार २२९ रुपैयाँ, सवारी करबाट १० लाख ४७ हजार ३५०, अन्य कर शीर्षकमा ५४ लाख ९१ हजार ७६५ रुपैयाँ संकलन भएकाे उपमहानगरले जनाएकाे छ ।

सरकारी सम्पति बहाल करबाट ८७ लाख ७९ हजार ९२ रुपैयाँ र सरकारी सम्पति बिक्रीबाट १ लाख ४७ हजार ४९१ रुपैयाँ संकलन भएको छ । यस्तै, अन्य सेवा शुल्क बिक्रीबाट ४० लाख ९८ हजार ३३६, शिक्षा क्षेत्रको आम्दानीबाट १६ लाख ७३ हजार ३५०, पार्किङ शुल्कबाट ६२ लाख ५० हजार ४०५, सिफारिस दस्तुरबाट २ करोड १७ लाख ३७ हजार १९७, व्यक्ति घटनाबाट १४ लाख २१ हजार ९४०, नाता प्रमाणितबाट ४ लाख ८३ हजार ६४० र अन्यबाट ३३ लाख ८६ हजार ७२५ रुपैयाँ संकलन भएको छ।

यस्तै न्यायिक दण्ड जरिमानाबाट ३ हजार ४००, प्रशासनिक दण्ड जरिमानाबाट ११ लाख २३ हजार ९२३, व्यवसायबाट ३ करोड ६३ लाख ६६ हजार ६४५, बेरुजुबाट १२ हजार ७७१ र सामुदायिक वनबाट ५० हजार ५०७ रुपैयाँ आम्दानी भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष सबै शीर्षकबाट उठाएकाे रकम बढी छ ।

उपमहानगरले आर्थिक वर्ष २०७८/७९ मा २२ करोड १८ लाख २९ हजार १८१ रुपैयाँ कर संकलन गरेकाे थियाे भने आर्थिक वर्ष २०७७/७८ मा २० करोड ६३ हजार ७७६ रुपैयाँ कर संकलन गरेकाे थियाे

कुन शीर्षकमा कति आम्दानी ?