सहकारीकाे ऋण तिर्न धरान उपमहानगरकाे ताकेता

सहकारीकाे ऋण तिर्न धरान उपमहानगरकाे ताकेता


धरान ।

धरान उपमहानगरले आफ्नाे नगर क्षेत्रभित्र सञ्चालित सहकारी संस्थाहरूबाट ऋण लिएर समयमा नतिर्ने ऋणीहरूलाई ऋण तिर्न ताकेता गरेकाे छ ।

आइतबार नगरपालिकाकाे आर्थिक विकास महाशाखाले सूचना जारी गर्दै ऋणीहरूलाई सहकारीमा सम्पर्क गरी सर्तअनुसार ऋण तिर्न भनेकाे हाे ।

सहकारी संस्थाहरूले लिखित तथा माैखिक रूपमा ऋण नतिरेकाे भनी गुनासाे गरेकाे भन्दै उपमहानगरपालिकाले यदि समयमा ऋणकाे साँवा-ब्याज नतिरे कारबाही गर्न बाध्य हुने जनाएकाे छ ।

‘सम्बन्धित ऋणी सदस्यहरूलाई सर्तअनुसार आ-आफ्नाे सहकारी संस्थामा सम्पर्क गरी सहकारीकाे मूल्य, मान्यता र सिद्धान्तबमाेजिम परिचालित हुन र समयमै संस्थाकाे ऋण चुक्ता गर्न जानकारी गराइन्छ,’ सूचनामा भनिएकाे छ, ‘अन्यथा ऋण असुलीका लागि उपमहानगरपालिकाकाे सहकारी ऐन-२०७५ अनुसार कारबाही हुने जानकारी गराइन्छ ।’