४० प्रतिशत सेयर सर्वसाधारणलाई बेच्दै स्वस्तिक लघुवित्त

४० प्रतिशत सेयर सर्वसाधारणलाई बेच्दै स्वस्तिक लघुवित्त


काठमाडौँ ।

स्वस्तिक लघुवित्त वित्तीय संस्थाले आइपिओ जारी गर्ने भएको छ । आइपिओ ल्याउन स्वस्तिकले निष्कासन तथा बिक्री प्रबन्धक पनि नियुक्त गरेको छ । यस कम्पनीको आइपिओमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले बिक्री प्रबन्धकको काम गर्ने भएको हो ।

यससम्बन्धी सम्झौतामा दुवै संस्थाबीच हस्ताक्षर भएको छ । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले आफ्नो अधिकृत पुँजीको ४० प्रतिशत सेयर सर्वसाधारणमा ल्याउन लागेको हो ।

 सम्झौतापत्रमा स्वस्तिकका प्रमुख कार्यकारी अधिकृत धिरेन्द्र लाल कर्ण र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री मनिष नारायण जोशीले हस्ताक्षर गरे ।

स्वस्तिक लघुवित्त वित्तीय संस्थाको रजिस्टर्ड कार्यालय सिरहाकाे लहान-८ मा छ । स्वस्तिक लघुवित्त मधेस प्रदेश स्तरको लघुवित्त वित्तीय संस्था हो । हाल यसले १३ हजारभन्दा बढी परिवारमा वित्तीय सेवा प्रदान गर्दै आएकाे छ ।