एनआईएमबी एस क्यापिटल लिमिटेड र गोल्छा ग्रुपबीच सम्झौता

एनआईएमबी एस क्यापिटल लिमिटेड र गोल्छा ग्रुपबीच सम्झौता


काठमाडौं । एनआईएमबी एस क्यापिटल लिमिटेड र गोल्छा ग्रुप अन्तर्गत सचांलित कम्पनीहरु हिम इलेक्ट्रोनिक्स् प्रा.लि. र हंसराज हुलासचन्द एन्ड को.प्रा.लि. बिच समझदारी भएको छ ।

एनआईबीएल म्युचुअल फण्ड अन्र्तगत सञ्चालित एनआईबीएल सहभागिता फण्डमा “Corporate Payroll SIP” लगानी गर्ने उद्देश्यका साथ एक सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

यस सम्झौता अन्तर्गत हिम इलेक्ट्रोनिक्स् प्रा.लि. तथा हंसराज हुलासचन्द एन्ड को.प्रा.ली. का कर्मचारीहरुले आफ्नो ईच्छा अनुरुप मासिक रुपमा आफ्नो तलबको केही अंश निरन्तर एनआईबीएल सहभागीता फण्डको व्यवस्थित लगानी योजना (SIP) मार्फत लगानी गर्न सक्नेछन् ।

उक्त सम्झौतामा हंसराज हुलासचन्द एन्ड को.प्रा.लि.का तर्फबाट कम्पनिका सहायक महाप्रबन्धक – एच.आर. श्री नीता राणा ज्यू, तथा हिम इलेक्ट्रोनिक्स् प्रा.लि.का तर्फबाट उप–प्रबन्धक नीलम केसी ज्यु र एनआईबीएल एस क्यापिटल लिमिटेडको तर्फबाट कम्पनीका नायव महाप्रबन्धक श्री सचिन्द्र ढुङ्गाना ज्यूले हस्ताक्षर गरेका छन् ।

उक्त हस्ताक्षर समारोहमा एनर्आइबिएल एस क्यापिटल लिमिटेडका तर्फबाट म्युचुअल फण्ड प्रमुख श्री पोस्कर बस्नेत, हंसराज हुलासचन्द एन्ड को.प्रा.ली.का तर्फबाट सहायक महाप्रबन्धक सन्तोष प्रसाद घिमिरे तथा हिम इलेक्ट्रोनिक्स् प्रा.लि.का अकाउन्ट एण्ड फाइनान्स योगेश चन्द्र पन्तको पनि उपस्थिती रहेको थियो ।