काठमाडौं महानगरको डोजर रोक्न राप्रपाका नेताहरुले सडकमा तेर्स्याए गाडी

काठमाडौं महानगरको डोजर रोक्न राप्रपाका नेताहरुले सडकमा तेर्स्याए गाडी


काठमाडौं ।

काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा डोजर चलाउने तयारी गरिरहेको छ ।

सोमबार महानगरले कार्यालय भवन बिजुलीको हाइटेन्सन लाइनमुनि रहेको भन्दै महानगरले हटाउन लागेको हो ।

यस्तै भवनको नक्सा पास पनि नरहेको महानगरले जनाएको छ ।