च्याङ्ग्रा स्रोत केन्द्र बनाउन २ करोड बढी खर्च, भवन अलपत्र

च्याङ्ग्रा स्रोत केन्द्र बनाउन २ करोड बढी खर्च, भवन अलपत्र


मुगु ।

हिमाली जिल्ला मुगुको उतर पूर्वी भेगमा रहेको मुगम कामारोङ्ग गाउँपालिकाको वडा नम्बर २ पिप्लेडीलाई च्याङ्ग्रा स्रोत केन्द्रका लागि उपयुक्त क्षेत्र घोषणा गरिएको छ ।

कर्णाली प्रदेश सरकार भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालय पशुपंक्षी विकास निर्देशनालय सुर्खेतले ३ बर्ष पहिला निमार्ण गरेको च्याङ्ग्रा स्रोत केन्द्रको लागि निर्माण गरिएको करोडौ मूल्यका भवनहरु थप बजेट नहुँदा अलपत्र हुनुका साथै प्रयोगविहीन भएका छन् ।

नेपाल सरकारले संघीय संरचना स्थापना गरे पछि कर्णाली प्रदेश सरकार भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालय पशुपंक्षी विकास निर्देशनालय सुर्खेतले प्रत्येक जिल्लामा एक जिल्ला एक स्रोत केन्द्र स्थापना गर्ने लक्ष्य लिएको थियो ।

जस अनुसार मुगु जिल्लालाई च्याङ्ग्रा स्रोत केन्द्र स्थापना गर्ने गरी आर्थिक बर्ष २०७६/०७७मा १ करोड बजेट विनियोजन गरिएको भए पनि आर्थिक बर्षको अन्त्यमा जिल्लामा बजेट आउदा ४ लाख २० हजार बजेट खर्च भएको छ ।

पुनः आ.व ०७७/०७८ मा ९० लाख कर्णाली प्रदेश सरकारको र २५ लाख भन्दा बढी स्थानीय सरकार मुगम कामारोङ्ग गाउँपालिकाको कुल गरी जम्मा १ करोड २० लाख भन्दा बढी बजेट खर्च गरेर ५ सय भन्दा बढी च्याङ्ग्रा अटाउने कर्मचारी निवास,भान्सा,घेरवारलगायत खानेपानी लगायतका पूर्वाधारहरु निमार्ण गरिएको भए पनि पछिल्ला बर्षहरुमा प्रदेश सरकारबाट बजेट विनियोजन नहुँदा अहिले करोडौ मूल्यको संरचना प्रयोगविहीन भएको जिल्ला पशु अस्पताल तथा पशु कार्यालय मुगुका प्रमुख भीमचन्द्र बूढाले बताए ।

कर्णाली प्रदेश सरकार र स्थानीय तहको पहलमा च्याङ्ग्रा स्रोत केन्द्रको लागि खोर,गोठालाको लागि आवास शौचालय,भान्सा निमार्ण गरिएका छन । पालिकाको बजेट निम्न हँुदा अन्य काम गर्न नसकिने पछिल्ला बर्षहरुमा प्रदेश सरकारले बजेट विनियोजन नगर्दा अहिले च्याङ्ग्रा स्रोत केन्द्र भवन प्रयोगविहीन भएका छन ।

प्रदेश सरकारका यो च्याङ्ग्रा स्रोत केन्द्र मात्र कहाँ हो अन्य बिभिन्न सामुदाय भवन ,जुम्फो प्रशोधन केन्द्र,लगायतका बिभिन्न निमार्ण कार्यमा भवन बनाउन लगाउने जस्ता कार्य संसद मन्त्रीका कार्यकता पाल्ने र राज्यको सम्पत्ति दुरुपयोग गर्ने वहाना मात्र बन्दै आएको छ । कुनै काम गर्दा लक्ष्य पूरा नहुने बिचमा अलपत्र छाड्ने काम कर्णाली प्रदेश सरकारको गरेको देखिएको मुगम कामारोङ्ग गाउँपालिकाका अध्क्षय छिरीङ्ग क्याप्ने लामा बताउछन् ।

कर्णाली प्रदेश सरकारले प्रत्येक जिल्लामा बिभिन्न संकलन केन्द्र,स्रोत केन्द्र,उद्योग स्थापना, गर्ने उदेश्यले भैतिक पूर्वधार निर्माणका लागि हरेक बर्ष बजेट विनियोजन गरेपनि समयमा अनुगम र लक्ष्य अनुसार थप बजेटको व्यवस्था नहुँदा प्रत्येक जिल्लामा भवन तथा अन्य संरचना अलपत्र परेका हुनाले समयमा नैसरोकारवालाको ध्यान जान जरुरी देखिन्छ ।