पार्टी कार्यालय खाली गर्न राप्रपाले माग्याे ३५ दिन

पार्टी कार्यालय खाली गर्न राप्रपाले माग्याे ३५ दिन


काठमाडौँ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यालय सार्न काठमाडौँ महानगरपालिकासँग ३५ दिनको समय माग गरेको छ। महानगरलाई पत्र लेखेर कार्यालय सार्न राप्रपाले ३५ दिन माग गरेको हो ।

बिजुलीको हाइटेन्सन लाइनमुनि रहेको पार्टी कार्यालय महानगरले हटाउने तयारी गरेपछि राप्रपाले समय मागेको महानगरले जनाएको छ।

महानगरले शुक्रबार राप्रपाको पार्टी कार्यालय सार्न ३ दिनको समयावधि दिँदै सूचना जारी गरेको थियो।

सूचनालाई राप्रपाले अटेर गरेको भन्दै महानगर प्रहरीले सोमबार डोजर लिएर हाँडीगाउँसम्म पुगेकामा राप्रपाका कार्यकर्ताले सडकमा गाडी तेर्स्याएर डोजर जान अवरोध गरेका थिए ।