समाज लघुवित्तले बोलायो वार्षिक साधारण सभा

समाज लघुवित्तले बोलायो वार्षिक साधारण सभा


काठमाडौ ।

समाज लघुवित्तले ३१ साउनमा वार्षिक साधारण सभा गर्ने भएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७८–७९ को वार्षिक साधारण सभा बोलाएको हो ।

सभामा हाल कायम २ करोड रुपैयाँ चुक्ता पुँजीमा १४.२५ प्रतिशत रकम बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव सभामा पेश हुनेछ । साथै, बोनस सेयरमा कर तिर्न ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने एजेन्डा छ ।

यस्तै, अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्नुपरेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव रहेको छ ।

सभा जानकी फेमिलि होटल एन्ड पार्टी प्यालेस, मलंगवा सर्लाहिमा बिहान ११ः३० बजे सुरु हुनेछ ।

सभा प्रयोजनका लागि साउन २१ गते बुक क्लोज हुनेछ । तसर्थ, साउन २० गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।