काठमाडौं ।
सरकारले चालू आर्थिक वर्ष २०८०–८१ मा २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य बजेटमार्फत लिएको छ ।
सोही लक्ष्य अनुसार ऋण उठाउने तालिका नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ । पहिलो त्रैमासमा (साउनदेखि असोज मसान्तसम्म) सरकारले ५५ अर्ब आन्तरिक ऋण उठाउने छ ।
यस्तै दोस्रो त्रैमासमा (कात्तिकदेखि पुस मसान्तसम्म) पनि ५५ अर्ब उठाउने सरकारको योजना छ । तेस्रो त्रैमासमा (माघ देखि चैत मसान्तसम्म) ५३ अर्ब र चौथो त्रैमासमा (वैशाखदेखि असार मसान्तसम्म) ७७ अर्ब रुपैयाँ उठाउने सरकारको योजना छ ।
यी ऋण ट्रेजरी विल, विकास ऋणपत्र, ५ वर्षे नागरिक बचत पत्र र ५ वर्षे वैदेशिक रोजगार बचत पत्र मार्फत उठाइनेछ ।
केन्द्रीय बैंकले आन्तरिक ऋण उठाउने कार्य तालिका मंगलबार सार्वजनिक गरेको छ ।
प्रतिक्रिया