६ सय रुपैयाँले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

६ सय रुपैयाँले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं ।

बुधबार नेपाली बजारमा सुनको भाउ ओरालो लागेको छ ।

मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेकाे हो ।

हिजो १ लाख १३ हजारमा कारोबार भएको सुन आज प्रतितोला १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुन १ लाख ११ हजार ८ सय ५० रुपैयाँ कायम भएको छ ।

यस्तै आज चाँदीको भाउ पनि ओरालो लागेको छ । मंगलबार १४ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १५ रुपैयाँले घटेर १४ सय ६० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।