एनआइएमबी र ज्योति विकास बैंकबीच शेयर रजिष्ट्रार कम्पनीको रुपमा सम्झौता नवीकरण

एनआइएमबी र ज्योति विकास बैंकबीच शेयर रजिष्ट्रार कम्पनीको रुपमा सम्झौता नवीकरण


काठमाडौं ।

मर्चेन्ट बैंक एनआइएमबि एस क्यापिटल लिमिटेडले ज्योति विकास बैंक लिमिटेडसँग आफ्नो सेयर रजिष्ट्रार कम्पनीको साझेदारी नवीकरण गर्ने भएको छ ।

उक्त सम्झौतामा एनआईएमबी एस क्यापिटल लिमिटेडका महाप्रबन्धक सचिन्द्र ढुंगाना र ज्योति विकास बैंकका कार्यकारी अधिकृत कपिल ढकालले हस्ताक्षर गरे ।

यो नवीकरणले शेयरधनीहरूलाई प्रभावकारी र विश्वासिलो सेयर रजिष्ट्रार सेवा प्रदान गर्नेछ ।

साथै एनआइएमबि एस क्यापिटल र ज्योति विकास बैंकको साझा प्रतिवद्धतालाई निरन्तरता एवम् सार्थकता प्रदान गर्नेछ ।

यी दुवै संस्थाहरूले विगत थुप्रै वर्षहरुदेखि सेयरधनी व्यवस्थापन प्रक्रियालाई सुव्यवस्थित गर्न, पारदर्शिता बढाउन र सरोकारवालाहरूसँग निर्बाध सञ्चार सुनिश्चित गर्न सँगै काम गरिरहेका छन् ।