हाटबजारमा गोलभेडाको भाउ १४० रुपैयाँ प्रतिकिलो, किसान उत्साहित

हाटबजारमा गोलभेडाको भाउ १४० रुपैयाँ प्रतिकिलो, किसान उत्साहित


सल्यान ।

कपुरकोट हाटबजारमा गोलभेडाले हाल सम्मकै धेरै मुल्य पाएको छ ।

किसानले गोलभेडा अहिलेसम्मकै धेरै मुल्यमा बेचेका हुन् ।

किसानले गोलभेडा १४० रुपैयाँ प्रतिकिलोमा बेचेका छन् ।

मंगलबार एकै दिन कपुरकोटको हाटबजारबाट ६० लाख ४८ हजार रुपैयाँ बराबरको तरकारी र फलफूल बिक्री भएको छ ।

कपुरकोट गाउँपालिका –३ का तुलसी केसीले तरकारी खेती गर्न थालेको १० वर्षको समयमा पहिलो पटक धेरै मूल्यमा गोलभेडा बिक्रि भएको बताए ।

हाटवजारबाट ४३ लाख बढी रकमको टमाटर बिक्रीबाट मात्र आम्दानी भएको छ । ३१ हजार ३०० किलो टमाटर विक्रीबाट ४३ लाख ३ हजार ७५० आम्दानी भएको छ ।

कृषिउपज बजार केन्द्र कपुरकोटका अनुसार गोलभेँडा टमाटर प्रतिकिलो १३५ देखि १४० सम्म किनबेच भएकाे छ ।