कामना सेवा विकास बैंकको नाफासँगै प्रतिसेयर आम्दानी पनि घट्यो

कामना सेवा विकास बैंकको नाफासँगै प्रतिसेयर आम्दानी पनि घट्यो


काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा कामना सेवा विकास बैंकको खुद नाफा २६.९३ प्रतिशतले घटेर ४३ करोड ११ लाख ९८ हजार रुपैयाँमा सीमित भएको छ ।

अघिल्लो वर्षको यसै अवधिमा यसले ५९ करोड ८५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी ८.६५ प्रतिशतले बढेर २ अर्ब १६ करोड ५० लाख ३० हजार रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी बढेपनि संचालन नाफा घट्दा र इम्पेयरमेन्ट चार्ज बढ्दा यस बैंकको खुद नाफा प्रभावित भएको हो । संचालन नाफा २०.०५ प्रतिशतले घटेर ६९ करोड १५ लाख १२ हजार रुपैयाँमा सीमित भएको छ ।

गत वर्ष २८ करोड ४१ लाख २७ हजार रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष ५० करोड ३ लाख ६२ हजार रुपैयाँ पुगेको छ । वितरणयोग्य नाफा ५ करोड ८० लाख ९५ हजार रुपैयाँमा सीमित भएको छ ।

यता, कामना सेवा विकास बैंकको लाभांश वितरण गर्ने क्षमता १.७७ प्रतिशत छ । असार मसान्तसम्म आइपुग्दा खुद नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । प्रतिसेयर आम्दानी ५ रुपैयाँ ६४ पैसाले घटेर १३ रुपैयाँ १४ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ ४६ पैसा छ ।