घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं ।

बिहीबार नेपाली बजारमा सुनको भाउ ओरालो लागेको छ ।

बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा २ सय रुपैयाँले घटेको हो ।

हिजो १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुन १ लाख ११ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ ।

यस्तै आज चाँदीको भाउ पनि ओरालो लागेको छ । बुधबार १४ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज ३५ रुपैयाँले घटेर १४ सय २५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।