आफ्नो तलबबाट किसानलाई निःशुल्क घाँसको बिरुवा बाँड्दै उपमेयर

आफ्नो तलबबाट किसानलाई निःशुल्क घाँसको बिरुवा बाँड्दै उपमेयर


cfkmg} vr{af6 ls;fgnfO{ 3fF;sf la?jf vf]6fª, !& ;fpg M kz’kfng ug]{ ls;fgnfO{ k|f]T;fxg ug{ cfkm”n] /fHoaf6 kfPsf] tnaeQf afktsf] ? Ps nfv %) xhf/ /sd vr{ u/]/ vl/b u/]sf] 3fF;sf] la?jf lgMz’Ns pknAw u/fpg”x’Fb} lbQm]n ?kfsf]6 dem’jfu9L gu/kflnsfsf pkk|d’v ljzg /fO{ . lhNnfsf] ;a}eGbf 7″nf] :yfgLo tx -!% j6f j8f /x]sf]_ of] gu/kflnsfn] b”w / df;’df cfTdlge{g aGg kz’kfng sfo{qmdnfO{ k|fyldstf lbPsf] 5 . t:jL/ M s]bf/ du/÷/f;;

खोटाङ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर उपप्रमुख विशन राईले आफूले पाएको तलब खर्चेर किसानलाई घाँसका बिरुवा निःशुल्क वितरण गरेका छन् ।

पशुपालन व्यवसाय गर्दै आएका किसानलाई प्रोत्साहन गर्दै व्यावसायिक बनाउने उद्देश्यले ११ वडाका ५ सय २३ किसानलाई उन्नत जातका नेपियर र अम्लिसोको बिरुवा खरिद गरेर निःशुल्क वितरण गरेको नगर उपप्रमुख राईले बताए ।

नगर उपप्रमुख राईले दिक्तेलका १००,  सोल्माकाका  ५०, बाम्राङका ५०, खाल्लेका ३०, लफ्याङका ३०, नेर्पाका १००,  दोर्पाचिउरीडाँडाका ५०, निर्मलीडाँडाका ३०,  नुनथलाका ३०,  बुइपाका ३० र  विजयखर्कका ५० जना किसानलाई नेपियर र अम्लिसो जातका घाँसको बिरुवा निःशुल्क वितरण गरेका हुन् ।  दोर्पाचिउरीडाँडा र  निर्मलीडाँडाबाट खरिद गरेर ल्याइएको सुपर नेपियर, स्मार्ट नेपियर, रेड नेपियर र बंगाली रेड नेपियर तथा बाम्राङबाट खरिद गरिएको अम्लिसो जातको घाँसका बिरुवा निःशुल्क वितरण गरिएको नगर उपप्रमुख राईले जानकारी दिए ।

पशुपालनलाई व्यावसायिक बनाउन नगरपालिकाबाट यस आवका लागि १ करोड बजेटसमेत विनियोजना गरिएको नगर उपप्रमुख राईले बताए ।पशुपालन तथा व्यावसायिक कृषिका लागि नगरपालिकाले यस आवमा ब्याज अनुदानस्वरुप किसानलाई ४ करोड रकम उपलब्ध गराउने गरी पहल थालेको जनाइएको छ । जिल्लास्थित विभिन्न बैंकसँगको सहकार्यमा नगरपालिकाले ब्याज तिरिदिने सर्तसहित नगरपालिका नै जमानी बसेर रकम उपलब्ध गराउने तयारी गरिएको नगर प्रमुख तीर्थराज भट्टराईले जानकारी दिए।

१५ वडा रहेको यस नगरपालिकाले पशु तथा कृषि व्यवसायका लागि पकेट क्षेत्र निर्धारण गर्ने तयारी गरेको छ । ‘एक वडा, एक उत्पादन’ कार्यक्रम बनाएर लागू गर्ने गरी तयारी भइरहेको नगरपालिकाले जनाएको छ ।

कृषि उत्पादनलाई जोड दिने नीति लिएको नगरपालिकाले पशुपालनसँगै फलफूलका बिरुवा वितरण तथा विभिन्न नगदे बालीमा अनुदान दिँदै आएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्रमा रहेको यस नगरपालिकामा अनुदान पाएका कतिपय कृषक व्यावसायिक भएका छन् भने कतिपयले काम नै नगरी अनुदान मात्र लिएको गुनासो आउने गरेको छ ।

१० स्थानीय तह रहेको जिल्लामा कृषकको आम्दानी वृद्धिका लागि सबैले व्यावसायिक कृषि प्रणालीमा जोड दिएका छन् । जिल्लाका कतिपय स्थानीय तहले कृषि उत्पादनलाई आफ्नै क्षेत्रमा प्रशोधन गरेर बजारीकरण गर्नेसम्मको योजना बनाएका छन् ।