समयमा कर्जा चुक्ता गर्न नेपाल बैंकको आग्रह, नगरे घरजग्गा लिलाम गर्ने

समयमा कर्जा चुक्ता गर्न नेपाल बैंकको आग्रह, नगरे घरजग्गा लिलाम गर्ने


काठमाडौं ।

नेपाल बैंक लिमिटेडले कर्जा चुक्ता नगर्ने ऋणीहरुलाई ३५ दिनभित्र कर्जा चुक्ता गर्न आग्रह गरेको छ ।

समयावधि नाघेमा धितोमा रहेको घरजग्गा समेत लिलाम गर्ने जनाएको छ ।

बैंकबाट कर्जा सुविधा उपभोग गरी बैंकलाई तिर्नुपर्ने साँवा ब्याजसमेत नतिरेपछि बैंकले लिखित तथा मौखिक रुपमा तारकेता गर्दा समेत कर्जा चुक्ता नगरेपछि ३५ दिने म्यादसहित कर्जा चुक्ता गर्न आउन आग्रह गरेको छ ।

उक्त समयावधिभित्र पनि कर्जा चुक्ता नगरेमा धितोमा रहेको सम्पत्ति लिलाम गरी बिक्री गरिने तथा ऋणी तथा जमानतकर्ताको नाम कर्जा सूचना केन्द्रको कालोसूचीमा समेत राखिने बैंकले जनाएको छ ।