काठमाडौं ।
एनरोइड मोवाइल कम्पनी ओपोले नेपालमा नयाँ ओपो ए७८ लन्च गरेको छ ।
कम्पनीका अनुसार यस फोनमा एफएचडींएएम–ओएलईडी डिस्प्ले, डुअल स्टेरियो स्पिकरहरू, लाइटनिङ–फास्ट ६७डब्लू सुपरभूसीटीम फ्ल्यास चार्ज र लामो समयसम्म चल्ने ५ हजार एमएएच ठूलो ब्याट्री, कलरओएर १३.१ लगायत अपग्रेडहरू रहेका छन् ।
ए७८ लाई ४ वर्षसम्म निर्बाध रूपमा चलाउन मिल्ने गरी निर्माण गरिएको कम्पनीको दाबी छ ।
पछाडिको कभरमा डायमण्ड म्याट्रिक्स डिजाइनको साथ अल्ट्रा–स्लिम रेट्रो डिजाइन रहेको छ । ए७८ स्न्यापड्रागन ६८० मोबाइल प्लेटफर्मद्वारा सञ्चालित छ ।
फोनमा 8GB RAM + 256GB ROM कन्फिगरेसन एसडी कार्ड स्लट मार्फत एक टीबी सम्मको अतिरिक्त भण्डारण रहेको छ ।
यसमा अधिकतम ८ जीबी र्या ममा अस्थायी रूपमा फ्रि रोम स्पेसलाई रूपान्तरण गर्न सकिन्छ ।
ए७८ दुई ताजा, ट्रेंडी कलर फिनिशमा उपलब्ध छ – एक्वा ग्रीन र मिस्ट ब्ल्याक । यसको मूल्य ३२ हजार ९९९ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया