कालीगण्डकीले बगाउदा एकजना बेपत्ता

कालीगण्डकीले बगाउदा एकजना बेपत्ता


तनहुँ ।

तनहुँको देवघाट गाउँपालिका–५ स्थित बेणी संगममा कालीगण्डकी नदीले बगाएर आज एकजना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका–१२ का ३२ वर्षीय लोकेन्द्र भुसाल रहेका छन् ।

त्रिशूली र कालीगण्डकीको संगमस्थलमा नुहाउँदै गरेका भुसाललाई नदीले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । बेपत्ता भुसालको खोजी भइरहेको छ ।