हिमालय एअरलाइन्सले गर्यो लव प्रसाद बाल गृहलाई ४ लाख बराबरको आर्थिक सहयोग

हिमालय एअरलाइन्सले गर्यो लव प्रसाद बाल गृहलाई ४ लाख बराबरको आर्थिक सहयोग


कामठाडौं ।

हिमालय एअरलाइन्स्ले ‘शिक्षातर्फ पाइला’ अभियानलाई अगाडि बढाउँदै लव प्रसाद बालगृहलाई आर्थिक सहयोग गरेको छ ।

अनाथ तथा विपत्र बालबालिकाको लागि लव प्रसाद सुधार संघद्वारा संचालित गैरसरकारी तथा गैरराजनीतिक सामाजिक संस्था लव प्रसाद बाल गृहको भान्सा र भोजन कक्ष मर्मतसम्भारका लागि उक्त सहयोग गरेको हो।

बिहीबारबाल गृहको परिसरमा आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा एअरलाइन्स्का अध्यक्ष झो इन्योङ्गले बालगृहका अध्यक्ष उषा कार्कीलाई ३ लाख ९६ हजार बराबरको चेक हस्तान्तरण गरे ।

यस बाहेक बालगृहमा आश्रित बालबालिकाका लागि भान्सामा प्रयोग हुने सामग्री सेट र स्केच बुकका साथै क्रिकेटको सेट, क्यारमबोर्ड, ब्याडमिन्टन सेट, बास्केट बल, लुडो, स्किपिङ रोप, हुला हूप जस्ता विभित्र खेलकुदका सामाग्रीहरू पनि सहयोग गरेका छन् ।

सुन्दरीजलमा रहेको यस संस्थाले हाल १३ जना बालबालिकालाई आश्रय, शिक्षा, हेरचाह र पालनपोषणको व्यवस्था गर्दै आएको छ।

उक्त सहयोग रकम बालबालिकाको लागि घरेलु वातावरण कायम राख्नुका साथै थप स्वस्थ, अनुकुल र व्यवस्थित बनाउन बालगृह भवनको भान्सा र भोजन कक्षको मर्मतसम्भार गर्न प्रयोग गरिने भएको छ।

बालगृहका अध्यक्ष उषा कार्कीले कृतज्ञता व्यक्त गर्दै खेलकुदमा बालबालिकाको रुचि बढाउन खेलकुदका सामाग्रीहरु सहयोग गरेको एअरलाइन्स्को यस कदमको स्वागत गरिन् ।

हिमालय एअरलाइन्स्ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वलाई सधैं प्राथमिकतामा राखेको छ र विगत सात वर्षदेखि एअरलाइन्स्ले अनाथ तथा विपत्र बालबालिकाको लागि सञ्चालन गरिएको ‘प्रयास नेपाल’का बालबालिकालाई विभित्र शैक्षिक तथा अत्यावश्यक सामग्री उपलब्ध गराउँदै आएको छ ।