कहाँ छन् कालिकोटका ९ वटै स्थानीय तहका प्रमुख–उप प्रमुख ?

कहाँ छन् कालिकोटका ९ वटै स्थानीय तहका प्रमुख–उप प्रमुख ?


कालिकोट ।

कालिकोटका ९ वटै स्थानीय सरकार प्रमुखविहीन रहेका छन् ।

अधिकांश नगर र गाउँपालिकाका प्रमुख –उपप्रमुख वडाध्यक्षलाई कार्यवाहक दिएर महिनौँदेखि कार्यालयमा छैनन् ।

सबै स्थानीय तहमध्ये ८ स्थानीय तहका प्रमुख उपप्रमुख, अध्यक्ष र उपाध्यक्षले आफ्नो क्षेत्र छाडेपछि स्थानीय तह प्रमुखविहीन बनेको छ ।

कालिकोटको महावै गाउँपालिकामात्र एक जना अध्यक्ष रहेका छन् भने बाँकी ८ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख जिल्ला बहिर रहेका छन् ।

वडा अध्यक्षलाई नगरपालिका तथा गाउँपालिका जिम्मा दिएर हिँडेपछि जिल्लाका अधिकांश स्थानीय तहका काम कारबाही प्रभावित बनेको र स्थानीय सेवाग्राहीले सास्ती भोग्नुपरेको छ ।

खाँडाचक्र नगरपालिका प्रमुख कमलबहादुर शाही, उपप्रमुख गणेशबहादुर शाही सुर्खेतमा, तिलागुफा नगरपालिका प्रमुख शंकर प्रसाद उपाध्याय काठमाडौंमा , रास्कोट नगरपालिका प्रमुख धर्मराज शाही र उपप्रमुख मनि राज बराल काठमाडौंमा रहेका छन् ।

यस्तै नरहरिनाथ गाउँपालिका अध्यक्ष नगेन्द्रवहादुर विष्ट, पलाँता गाउँपालिका अध्यक्ष विष्णुबहादुर रोकाया, पचालझरना गाउँपालिका अध्यक्ष देवजंग शाही, शुभकालिका गाउँपालिका अध्यक्ष गोविन्द्रप्रसाद आचार्य, शान्नीत्रिवेणी गाउँपालिका अध्यक्ष मोहनबहादुर केसी पनि जिल्ला बाहिर रहेका छन् ।

तिलागुफा नगरपालिका र महावै गाउँपालिका बाहेक अरू सात वटा स्थानीय तहको जिम्मेवारी वडा अध्यक्षहरूले पाएका छन् ।