आफू अविवाहित भएको प्रमाणित गर्न १ हजार शुल्क !

आफू अविवाहित भएको प्रमाणित गर्न १ हजार शुल्क !


झापा ।

आफू अविवाहित भएको प्रमाणित गर्न शुल्क तिर्नुपर्ने भएको छ ।

झापाको बाह्रदशी गाउँपालिकामा अविवाहित भएको प्रमाणित गर्न १ हजार रुपैयाँ शुल्क लिने भएको हो ।

आर्थिक वर्ष २०८०–०८१ मा प्रकाशित गरेको राजपत्रमा उक्त कुरा उल्लेख छ ।

नेपाली नागरिकताको प्रमाणपत्रको सिफारिस गर्न १५० रुपैयाँ लाग्ने भए पनि अविवाहित भएको प्रमाणित गर्न १ हजार रुपैयाँ लाग्ने भएको हो ।

पालिकाले अविवाहित प्रमाणित गर्न मात्र होइन नाबालकको परिचयपत्र बनाउन गरिने सिफारिसका लागि समेत शुल्क लिने भएको छ । जसका लागि २ सय रुपैयाँ शुल्क लाग्ने जनाएको छ ।

गाउँपालिकाले सम्बन्ध विच्छेदको सिफारिसमा तेब्बर बढी शुल्क बढाएको छ । सम्बन्ध विच्छेदका लागि गरिने सिफारिसका लागि यसअघि ३ सय रुपैयाँ लिँदै आएपनि यस वर्षबाट सो शुल्कलाई बढाएर १ हजार रुपैयाँ पुर्याइएको छ ।